बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

मौद्रिक नीतिको समीक्षा मौन, आगामी निर्देशन र समीक्षाबाट सहज नीति अवलम्बन हुने अपेक्षा : सिबिफिन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
images
मौद्रिक नीतिको समीक्षा मौन, आगामी निर्देशन र समीक्षाबाट सहज नीति अवलम्बन हुने अपेक्षा : सिबिफिन
images
images

काठमाडौं- मौद्रिक नीतिले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्‍याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको बैंक तथा वित्तीय संसथा परिसंघले जनाएको छ। 

images
images
images

विगतकै कार्यदिशालाई निरन्तरता दिइँदा समग्र अर्थतन्त्र, आर्थिक एवं बैंकिङ क्रियाकलापहरूमा देखा परिरहेको शिथिलता तथा जटिलताहरू अझ गहिँरिदै जाने हो कि भन्ने चिन्ता र चासो बढाएको महसुस गरिएको परिसंघले जनाएको छ। 

images
images

अर्थतन्त्रका बाह्य सूचकहरूमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको तर अर्थतन्त्रका आन्तरिक सूचकहरू झन शिथिल हुँदै गएको तत्कालीन परिस्थिति र आम अपेक्षाहरूलाई सुक्ष्मरुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाउनका लागि धेरै हदसम्म लचकता अपनाउँदै गत श्रावणमा आएको २०८१/०८२ को मौद्रिक नीतिले आमरुपमा आशा र उत्साह जगाएकोमा परिसंघले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरूमार्फत समयानुकुलरुपमा थप नीतिगत सहजता हुने ठूलो अपेक्षा व्यक्त गरेको जनाएको छ। 

images
images

'मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरू कार्यान्वयन हुँदै मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको खराब/निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा बृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरूले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिबीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरूलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगतकै कार्यदिशालाई निरन्तरता दिइँदा समग्र अर्थतन्त्र, आर्थिक एवं बैंकिङ क्रियाकलापहरूमा देखा परिरहेको शिथिलता तथा जटिलताहरू अझ गहिँरिदै जाने हो कि भन्ने चिन्ता र चासो बढाएको महसुस गरिएको छ' परिसंघले उल्लेख गरेको छ। 

'बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पृँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकूल अवस्थालाई हृदयगंम गर्दै नेपाल राष्ट्र बैंकबाट आगामी त्रैमासिकसमीक्षा मार्फत थप सहज नीति र उपायहरू अवलम्बन गरिनेछ भन्नेमा परिसंघ पूर्ण विश्वास व्यक्त गर्दछ' विज्ञप्तिमार्फत भनिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend