मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कञ्चनजंघा क्षेत्रमा बढे पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
कञ्चनजंघा क्षेत्रमा बढे पर्यटक

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ।

ताप्लेजुङ- कञ्चनजंघा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ। हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजंघा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन्।

चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजंघा हिमाल अवलोकन गरेका छन्। २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन्। आव २०५६/५७ मा सात सय ९९, आव २०५७/५८ मा आठ सय ७३ जना विदेशी पर्यटक आएका थिए। 

विशेषगरी  फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन्। चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजंघा क्षेत्रका होटल र लज भरिएका स्थानीय होटल व्यवसायीले बताएका छन्। यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउँछन्। 

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ।

स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उनले बताए। यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम जारी छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend