शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ। उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ।

दाङ- पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो। साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ। 

शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष १ करोड ४० लाख र चालु वर्षमा १ करोड ८२ लाख रुपैयाँ पेश्की प्रदान गरिएको छ। 'अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ', उनले भने। 

हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ। उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ।

उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गरे। रासस


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend