मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान गर्ने

बुधबार, मंसिर १२ २०८१
हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान गर्ने

हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ। सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ। मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले आउँदो डिसेम्बर भित्रै पोखरालाई ल्हासासँग जोड्ने गरी उडान गर्न लागेको छ।

ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्नेगरी हिमालयले प्राधिकरणबाट अनुमति मागेको छ। प्राधिकरण स्रोतका अनुसार ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुने छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आएपनि चार्टर उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।हिमालयको उडान नै पोखरा विमानस्थलमा पहिलो नियमित व्यावसायिक उडान हुने छ।

हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ। सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ। मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ।  

यसैगरी हिमालयले बुधबार र शुक्रबार भने काठमाडौं-ल्हासा-काठमाडौं उडानका लागि अनुमति मागेको छ।

प्राधिकरणले हिमालयलाई पोखरा उडानमा सहज अनुमति दिने भएको छ। तर त्यसका लागि हिमालयले ल्हासा विमानस्थलबाट उडान अनुमति पाउनुपर्ने छ। ल्हासा विमानस्थलबाट अनुमति पाएको अवस्थामा आउँदो डिसेम्बरदेखि नै पोखरा-ल्हासा उडान हुने छ।


प्रकाशित : बुधबार, मंसिर १२ २०८११८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend