मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नेपाल एयरलाइन्समा स्थायी पाइलटको आन्दोलन, उडान प्रभावित

आइतबार, मंसिर ९ २०८१
नेपाल एयरलाइन्समा स्थायी पाइलटको आन्दोलन, उडान प्रभावित

वाइडबडी र न्यारोबडी जहाज उडानमा रहेका स्थायी पाइलटहरुले करारमा भर्ति गरिएका पाइलटको भन्दा कम सेवा सुविधा भएको भन्दै विगत देखि नै आन्दोलन गरिरहेका थिए।

काठमाडौं- सेवा सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका स्थायी पाइलटहरुले आन्दोलन सुरु गरेका छन्।

वाइडबडी र न्यारोबडी जहाज उडानमा रहेका स्थायी पाइलटहरुले करारमा भर्ती गरिएका पाइलटको भन्दा कम सेवा सुविधा भएको भन्दै विगतदेखि नै आन्दोलन गरिरहेका थिए।

पछिल्लो सयम कार्यकारी अध्यक्ष युवराज अधिकारी कमिसन लिँदै करारका पाइलटलाई स्थायी पाइलटको भन्दा बढी सेवा सुविधा दिए भन्दै विरोध सुरु गरेका छन्। पाइलटहरुले हरेक गन्तव्यको उडानमा ढिला सुस्ती गरिरहेका छन्। 

पाइलटहरुले अन्तिम समयमा बिरामी भएको र उडान जान नसक्ने जानकारी दिइरहेका छन्। स्रोतका अनुसार यो विभेद पूर्ण नितीको विरोध हो। आइतबार मात्रै भारतको मुम्बई उडान १० घण्टा डिले भएको छ।

यसैगरी आज रातीको दुबई उडान भोली विहानलाई सारिएको छ। स्रोतका अनुसार शनिबार मात्रै हङकङको उडान ५ घण्टा डिले भएको थियो।


प्रकाशित : आइतबार, मंसिर ९ २०८११८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend