सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अब दुर्गम र सुगम क्षेत्रमा टेलिकमको नमस्ते वाईफाई सेवा, सस्तोमै डेटा प्याक पाइने

बिहीबार , माघ ६ २०७८
अब दुर्गम र सुगम क्षेत्रमा टेलिकमको नमस्ते वाईफाई सेवा, सस्तोमै डेटा प्याक पाइने

काठमाडौं- नेपाल टेलिकमले नमस्ते वाईफाई सेवा विस्तार सुरु गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित वाईफाई सेवा सुरु गर्न लागेको विज्ञप्ती मार्फत जनाएको छ।

कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेव विस्तार गर्न लागेको टेलिकमले जनाएको छ। 

टेलिकमले नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज उपलब्ध गराउन साइबरनेटिक्स प्रालिसँग सम्झौता समेत गरेको छ।

बुधबार सम्पन्न उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्। इन्डिभिजुअल प्याकेज अन्तर्गत कम्पनीले ८०० रुपैयाँमा ३० दिनका लागि ६० जीबी डेटा उपलब्ध गराएको छ। यस बाहेक एक वर्षका लागि ९,००० रुपैयाँमा ७२० जीबी डेटा प्याकेज समेत रहेको छ।

जुन प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यी दुबैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी डेटा प्याक समेत लिन सकिन्छ। 

त्यस्तै होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १,२०० रुपैयाँमा ३० दिनका लागि १२० जीबी डेटा उपलब्ध छ। एक वर्षका लागि १३,५०० रुपैयाँमा १,४४० जीबी डेटा रहेको प्याकेज समेत ग्राहकले खरिद गर्न सक्नेछन्।

जुन प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुबै प्याकेजमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जीबी डेटा प्याक लिन सकिन्छ। 

अर्कोतर्फ गभर्मेन्ट इन्स्टिच्युसन  प्याकेजमा ३,६५० रुपैयाँ र २,१०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन्। यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ। 


प्रकाशित : बिहीबार , माघ ६ २०७८११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend