बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
आइतबार, मंसिर ९ २०८१
images
नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १० गते बुक क्लोज गर्दैछ।

images
images

काठमाडौं- नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १० गते बुक क्लोज गर्दैछ।

images
images
images

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

images
images

बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृहमा ४० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको सेनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६ सय ७२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

images
images

यसका साथै, सभाले गाभ्ने/गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पुर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ।

 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend