मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माणको जिम्मा पुल्चोक इन्जिनियरिङलाई

बुधबार, मंसिर ५ २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माणको जिम्मा पुल्चोक इन्जिनियरिङलाई

विमानस्थलमा रहेको डिपोको क्षमता अहिले १५ दिनको माग थेग्ने रहेको छ। यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ। अहिलेको डिपोको पूर्वाधार पुरानोसमेत भइसकेको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणको डीपीआर निर्माणका लागि नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनिरिङ संस्थानबीच दुईपक्षीय सम्झौता भएको छ।

सम्झौतामा सिनामंगल डिपोका प्रमुख प्रदीप कुमार यादव र संस्थानका सहप्राध्यापक नारायण गौतमले हस्ताक्षर गरेका हुन्।

इन्धन डिपो स्थानान्तरणको विषय विगत केही वर्षदेखि उठ्दै आएको थियो। सरकारले पनि स्थानान्तरणको काम अगाडि बढाउने निर्णयसमेत गरेको थियो। गत साउन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले एकवर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिँदै निर्देशन दिएको थियो। 

सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै आधुनिक र सुविधासम्पन्न बनाएर आइकाओको मापदण्डअनुसार निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार पार्न पुल्चोक इन्जिनियरिङ संस्थानसँग सम्झौता गरेको हो। अहिले विमानस्थलको डिपो रनवे तथा समानान्तर ट्याक्सी-वेबाट ९० मिटरकै दुरीमा छ।

आइकाओको मापदण्डअनुसार १ सय ७२ दशमलव ५ मिटर हुनपर्ने भनेको छ। सोहीअनुसार डिपो स्थानान्तरणका लागि काम सुरु भएको छ। कुनै पनि आयोजनाका लागि सबैभन्दा पहिलो चरणमा गरिने काम डीपीआर हो। डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयाल निगमले जनाएको छ।

विमानस्थलमा रहेको डिपोको क्षमता अहिले १५ दिनको माग थेग्ने रहेको छ। यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ। अहिलेको डिपोको पूर्वाधार पुरानोसमेत भइसकेको छ।

नविनतम प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउने गरी अध्ययन हुने छ। अहिले विमानस्थलमा हाइड्रेन प्रणाली रहेको छ। स्थानान्तरणसँगै हाइड्रेन प्रणालीसमेत विकास हुने निगमले जनाएको छ। 


प्रकाशित : बुधबार, मंसिर ५ २०८११४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend