सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिटामोल लगायतका औषधी अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
सिटामोल लगायतका औषधी अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रवन्ध गर्न निर्देशन दिएका थिए।

त्यसलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरुसँग पनि परामर्श गरेको थियो।

औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पाकहरु तयार भएका छन्। यदी कसैले औषधीको कृतिम अभाव सृजना गरेको पाएका तत्काल कारवाही गर्नेगरी निर्देशन गएको छ।


प्रकाशित : बुधबार, माघ ५ २०७८१५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend