सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मापदण्ड पालन नगर्ने र मास्क नलगाइ हिँड्नेलाई जरिबाना

बुधबार, माघ ५ २०७८
मापदण्ड पालन नगर्ने र मास्क नलगाइ हिँड्नेलाई जरिबाना

काठमाडाैं- मास्क नलगाइ सार्वजनिक स्थानमा हिँडडुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही सुरु गरेको हो। 

बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँडडुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो। 

त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ। 

अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए।

उनले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो। स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई १०० रुपैयाँको कारबाही गरिएको बताए।


प्रकाशित : बुधबार, माघ ५ २०७८१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend