शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

थप भएको म्यादमा पनि ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न नहुने निश्चित

आइतबार, मंसिर २ २०८१
थप भएको म्यादमा पनि ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न नहुने निश्चित

सम्झौताअनुसार ३० मिटर स्पानको ४ लेनको पुल निर्माण हुनेछ। एमएसइ वाल भएको अप्रोच सडक कोटेश्वरतर्फ ३२० मिटर त्यस्तै सातदोवाटोतर्फ १८० मिटर निर्माण हुनुपर्ने छ।

काठमाडौं- ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम थप गरिरएको समयमा पनि सम्पन्न नहुने निश्चित भएको छ।

सम्झौताअनुसार गतवर्ष फागुनमै सम्पन्न हुनुपर्ने आयोजनाको म्याद थप भएको समयमा पनि सम्पन्न नहुने भएको हो। समयमा निर्माण हुन नसक्दा उक्त क्षेत्रमा यात्रुले सास्ती व्यहोर्दै आएका छन्।

आशिष समानान्तर जेभी निर्माण कम्पनीले ठेक्का पाएको आयोजनाको २०७८ फागुन १२ देखि २ वर्षभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको थियो। सम्झौताअनुसार गत २०८० फागुन ११ गतेभित्र सम्पन्न हुनुपर्ने थियो। निर्माण सम्पन्न नभएपछि गत वर्ष पुनः पुस ८ गतेसम्मका लागि म्याद थप गरिएको थियो। 

अब एक महिनामात्रै समय बाँकी हुँदा आयोजनाको वित्तीय प्रगति ४५.५४ प्रतिशत र पुलको भौतिक प्रगति ९८ प्रतिशत भएको छ। तर अन्य बाटोदेखि लाइनिङका काम  सुरू नै हुन सकेको छैन।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको कम्पनीले अझै कति समयमा काम सम्पन्न गर्ने टुंगो छैन। सम्झौताअनुसार ३० मिटर स्पानको ४ लेनको पुल निर्माण हुनेछ। एमएसइ वाल भएको अप्रोच सडक कोटेश्वरतर्फ ३२० मिटर त्यस्तै सातदोवाटोतर्फ १८० मिटर निर्माण हुनुपर्ने छ।

सरकार आफैले इपीसी (इञ्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सम्झौता गरी पहिलो ‘फ्लाइओभर’ निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाइओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ।

बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाइओभर’ पुगिनेछ। त्यतातर्फ २८० मिटर लामो र्‍याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्‍याम हुने छ। सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ।

मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललेनिर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षण गर्दै निर्माण सम्पन्न अझै नहुने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। निरीक्षणपश्चात मन्त्री दाहालले फ्लाइओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए।

काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाइओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न मन्त्री दाहालले निर्देशन दिए।

e14f1968-ac72-4465-bf8c-4c650baf262d.jpeg


प्रकाशित : आइतबार, मंसिर २ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend