मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गोरखामा पर्यटक भित्र्याउन भेला

शनिबार, मंसिर १ २०८१
गोरखामा पर्यटक भित्र्याउन भेला

यही मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने उनले बताए।

गोरखा- गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गरिने भएको छ।

नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रर्वद्धनका लागि योजना निर्माण गर्न ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को आयोजना गर्न लागिएको संघका जिल्ला अध्यक्ष केशव कुँवरले जानकारी दिए।

यही मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने उनले बताए। 'गोरखा नगरपालिकाले समेत जिल्लामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरेर कार्यक्रम गर्न लागेको छ, अध्यक्ष कुवँरले भने, 'त्यसलाई सहयोग पुर्‍याउन संघले पनि व्यवसायीहरुको बृहत भेला गर्न लागेको हो।'

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने भएकाले भेलामार्फत पर्यटन व्यवसायीले पनि आवश्यक भूमिका खेल्न जोड दिइने उनको भनाइ छ। 

'पर्यटकलाई आर्कषण गर्न सक्ने थुप्रै ठाउँहरु भए पनि यथोचित हिसाबले प्रचार गर्न अझै सकिएको छैन, संघका महासचिव सुमन श्रेष्ठले भने, 'गोरखाले ती पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिनसके यहाँको आर्थिक समृद्धिमा नयाँ फड्को मार्न सकिन्छ भन्ने विश्वास छ।' भेलामा करिव १ सय ५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहने छ। 

सोही अवसरमा थप पर्यटकीय क्षेत्रको पहिचानका लागि जिल्ला भित्रका ११ वटै स्थानीय तहले भिडियो सामाग्री निर्माण गरि प्रस्तुत गर्ने कार्यक्रमसमेत तय गरिएको उनले बताए। उनले भने, 'भेलामा गोरखामा पर्यटकको बसाइ लम्ब्याउनका लागि पनि आवश्यक योजना बनाइनेछ, यहाँका रैथाने खाना तथा संस्कृतिको जगेर्ना र र प्रर्वद्धनका लागि पनि भेला महत्वपूर्ण रहनेछ।' रासस


प्रकाशित : शनिबार, मंसिर १ २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend