शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

नेपाल लाइफ इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी दुबै बढ्यो

images
बिहीबार , कात्तिक २९ २०८१
images
images
नेपाल लाइफ इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी दुबै बढ्यो

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

images
images

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो तीन महिनामा नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

images
images
images

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.१४ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३० प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा १३.१० प्रतिशत र कुल खर्च १२.७५ प्रतिशत बढेको छ।

images

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ ३१ पैसा बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८७.४१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ति कोषमा १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend