आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई प्राधिकरणको परिपत्र

images
बुधबार, कात्तिक २८ २०८१
images
images
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई प्राधिकरणको परिपत्र
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत उडान तालिका मागेको छ।

images

प्राधिकरणले मंगलबार परिपत्र गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कार्य चलेको र धेरै उडानको अनुमती दिन नसकिने भन्दै पोखरामा सबै सेवा सुविधा नियमकले उपलब्ध गराएको भन्दै उक्त सेक्टरबाट उडान गर्ने विन्टर सिजनको सेडुल दिन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई परिपत्र गरेको हो।

images
images

प्राधिकरणले हिमालयन एयरलाइन्ससँग पनि पोखरा उडानको सेडुल मागेको छ। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दैनिक ४ वटा उडान सुरु भएको छ। जसले भैरहवातिर होटल तथा पर्यटन व्यवसायी उत्साही भएका छन्।

images
images
images

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले अब पोखरामा पनि एयरलाइन्स कम्पनीलाई सुविधा दिएर उडान गराउन लागिपरेको बताए। भैरहवाबाट अझै धेरै उडानका लागि पहल भएको र पोखरातर्फ पनि उडानको तयारी थालिएको महानिर्देशक अधिकारीले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणको कार्य चलेपछि १० घन्टा मात्रै संचालन भएको छ। जसका कारण पूर्वाधार तयार हुँदा पनि एयरलाइन्स कम्पनीहरु भैरहवा र पोखरा उडान गर्न नमानेपछि अहिले पनि भैरहवा उडान थालेका छन्।  


प्रकाशित : बुधबार, कात्तिक २८ २०८१०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend