मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बुद्ध एयरले घटायो रात्रिकालीन उडानको भाडा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २७ २०८१
बुद्ध एयरले घटायो रात्रिकालीन उडानको भाडा

काठमाडौं- त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ।

सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ। त्यसैगरी भैरहवाबाट पोखराको लागि दैनिक एउटा अतिरिक्त उडान थप गरेको जनाएको छ। 

बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यमा बिहान र दिउँसोको दाँजोमा रातिको समयमा भाडादर घटाएको छ। पोखराको लागि ५ सय रुपैयाँ, भद्रपुर तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ तथा जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडादर घटाएको छ।

भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने देखिएको बुद्ध एयरले जनाएको छ। काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ किलो लगेज पनि छुट दिएको जनाएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend