सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको १० लाख रुपैयाँ बराबरको मोटर पार्टस र कार नियन्त्रणमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको १० लाख रुपैयाँ बराबरको मोटर पार्टस र कार नियन्त्रणमा

काठमाडौं- जिल्ला प्रहरी कार्यालय झापाले अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको ९ लाख ९२ हजार ८ सय ७० रुपैयाँ  बराबरको मोटर पार्ट्स र कार सहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाईएको छ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विषेश सुराकीको आधारमा जिल्ला ईलाम सुर्योदय नगरपालीका वडा नं २ बस्ने मनोज खड्काले चलाई ल्याएको बा ४ च ३०९ नं. को वेगनर कारलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको  समान नियन्त्रणमा लिएको हो।

प्रहरीले कारहरुमा प्रयोग हुने विभिन्न मोटर पार्ट्सका सामानहरु सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सामान सहित मानिस तथा कारलाई काँकरभिट्टा भन्सार कार्यालय दाखिला गरिएको जनाएको छ।

 


प्रकाशित : मंगलबार, माघ ४ २०७८१४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend