मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दैनिक एउटा उडानका लागि कतारले माग्यो दोहा-भैरहवा-काठमाडौं-दोहाको अनुमति

आइतबार, कात्तिक २५ २०८१
दैनिक एउटा उडानका लागि कतारले माग्यो दोहा-भैरहवा-काठमाडौं-दोहाको अनुमति

काठमाडौं विमानस्थलमा स्लट व्यवस्थापनको लागि काम भइरहेको र स्लट व्यवस्थापन भएको अवस्थामा उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ।

काठमाडौं- कतार एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि अनुमति मागेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले नोभेम्बर महिनाका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतणको अनुमति मागेको हो।

कतारले दोहा-भैरहवा-काठमाडौं-दोहा उडानका लागि अनुमति मागेको हो। नोभेम्बर १२ देखि २९ सम्मका लागि दैनिक एउटा उडानका लागि उडान अनुमति मागेको हो।

काठमाडौं विमानस्थलमा स्लट व्यवस्थापनको लागि काम भइरहेको र स्लट व्यवस्थापन भएको अवस्थामा उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ।

अहिले भैरहवामा थाइ एयर एसिया, फ्लाई दुबई, जजिरा र नेपाल एयरलाइन्सले उडान थालिसकेका छन्। एयर एसियाले सातामा दुईवटा जजिराले तीन, नेपाल एयरलाइन्सले चार र फ्लाई दुबईले सातवटा उडान अनुमति पाएका छन्। 

प्रकाशित : आइतबार, कात्तिक २५ २०८११०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend