शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

चौथोपटक म्याद थपिसक्दा १० प्रतिशत पनि नसकिएको घोराही-तुलसीपुर सडकको काम अब अघि बढ्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २५ २०८१
चौथोपटक म्याद थपिसक्दा १० प्रतिशत पनि नसकिएको घोराही-तुलसीपुर सडकको काम अब अघि बढ्ने

ठेकेदार पनि सम्पर्कविहीन भएपछि चौतर्फी दबाबले डेढ वर्षअघि ठेक्का नै रद्द भएको थियो। तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले १ अर्ब २३ करोड रुपैयाँमा काम अघि बढाएको थियो ।

दाङ- दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ।

सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ। त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ।

योजना आयोगबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयमा बजेट सुनिश्चितता गरिने प्रमुख विष्टले बताए। अर्थले बजेट सुनिश्चित गरेपछि निर्देशनालयले काम अघि बढाउने उनको भनाइ छ। त्यसका लागि आवश्यक कागजात तयार गरिरहेको प्रमुख विष्टले बताए। 

३० महिनामा काम सक्नेगरी तत्कालीन अवस्थामा २०७५ माघदेखि काम सुरु भए पनि चौथोपटक म्याद थप्दा पनि १० प्रतिशत काम पूरा हुनसकेको थिएन।

ठेकेदार पनि सम्पर्कविहीन भएपछि चौतर्फी दबाबले डेढ वर्षअघि ठेक्का नै रद्द भएको थियो। तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले १ अर्ब २३ करोड रुपैयाँमा काम अघि बढाएको थियो ।

उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो। त्यो बीचमा आठ जना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्ममा १० प्रतिशतभन्दा बढी काम हुनसकेको थिएन। यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमै काम गर्न दबाब दिँदै आएका थिए। रासस

प्रकाशित : आइतबार, कात्तिक २५ २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend