सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६ महिनामा तामाकोशी सहित ११ आयोजनाको ५९८ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडियो

बिहीबार , माघ ६ २०७८
६ महिनामा तामाकोशी सहित ११ आयोजनाको ५९८ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडियो

आर्थिक वर्ष २०७८/७९ मा सरकारले १ हजार ६ सय २९ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको थियो।

काठमाडौं- तामाकाशीको ४५६ मेगावाट विद्युत उत्पादन हुन थालेपछि चालु वर्षको ६ महिनामै ५९८ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

चालु आर्थिक वर्षको ६ महिनामै  ५९८ सय मेगावाट विद्युत उत्पादन भएको हो। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको गरेर ६ महिनामा ५ सय ९८ मेगावाट विजुली उत्पादन भएको हो। 

आर्थिक वर्ष २०७८/७९ मा सरकारले १ हजार ६ सय २९ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको थियो। साउनदेखि पुस मसान्तसम्म ११ आयोजनाबाट ५ सय ९८ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो।

अपर तामाकोशीबाट समेत चालु वर्षबाट नै उत्पादन थालिएकोले ६ महिनामै एकैपटक धेरै विद्युत उत्पादन भएको हो। अपर तामाकोशीबाट मात्रै ४५६ मेगावटा विद्युत उत्पादन सुरु भएको हो। बाँकी १४२ मेगावाट विद्युत भने निजी क्षेत्रबाट उत्पादन भएको हो। 

सरकारले आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ३ सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा १ सय ३१ मेगावाटमात्र उत्पादन भएको थियो।

सरकारले यस वर्ष नै विद्युत प्राधिकरणको सहायक कम्पनीअन्तर्गत माथिल्लो तामाकोशीसहित १११ मेगावाटको रसुवागढी, ५६ मेगावाटको साञ्जेन र माथिल्लो साञ्जेन, ३७.६ मेगावाटको त्रिशूली-३ बी, ४० मेगावाटको राहुघाट र १०२ मेगावाटको मध्यभोटेकोसीका साथै निजी क्षेत्रबाट १ हजार ५५ मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो।

नेपाल विद्युत प्राधिकरण अन्य सहायक कम्पनीबाट भने यस वर्ष विद्युत उत्पादन हुने सम्भावना भने न्युन रहेको छ। 

कुन को कति ? (मेगावाटमा)  

सिंगटी खोला- २५

रिचेत खोला- ४.९८०

अपर तामाकोशी- ४५६

चन्द्रानिगाहापुर सोलार- ४

माई बेनी- ९.५१०

लोअर मोदी- २०

बेलचौतारा सोलार- ५

लोअर जोगमाई- ६.२००

लिखु-४- ५२.४००

अपर छ्याङदी खोला- ४

लोअर खारे- ११


प्रकाशित : बिहीबार , माघ ६ २०७८०२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend