मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एयर इन्डियामै गाभिँदै भिस्तारा, नेपाल उडानमा भिस्ताराको स्लट एयर इन्डिया एक्सप्रेसलाई दिन माग

बिहीबार , कात्तिक २२ २०८१
एयर इन्डियामै गाभिँदै भिस्तारा, नेपाल उडानमा भिस्ताराको स्लट एयर इन्डिया एक्सप्रेसलाई दिन माग

टाटा समूहले लक्जरी सेगमेन्टमा एयर इन्डिया र बजेट एयरलाइन्समा एक्सप्रेस चलाउने भएको छ। योसँगै अब दुईवटामात्र हुनेछन्।

काठमाडौं- एयर इन्डियालाई खरिद गर्नुअघि नै दुईवटा एयरलाइन्स सञ्चालन गरिरहेको टाटा समूहले फेरि दुईवटामै झार्ने भएको छ। 

टाटा समूहले कुल चारवटा एयरलाइन्सलाई दुईवटामा सीमित पार्ने अन्तिम कदम यही नोभेम्बर १२ मा पूरा गर्दैछ। भिस्तारा एयरलाई एयर इन्डियामै बिलय गराएर यसलाई अन्तिम रुप दिने भएको छ। 

भिस्ताराको अन्तिम उडान नोभेम्बर १२ मा हुनेछ। यसका जहाज एयर इन्डिया तथा एयर इन्डिया एक्स्प्रेसमा जानेछन्। यसअघि नै एयर एसिया इन्डियालाई मर्ज गरेर एयर इन्डिया एक्सप्रेस बनाइसकेको छ। अब एयर इन्डियालाई प्रिमियम र एक्सप्रेसलाई इकोनोमी ब्रान्ड बनाउन खोजेको छ। 

टाटा समूहले लक्जरी सेगमेन्टमा एयर इन्डिया र बजेट एयरलाइन्समा एक्सप्रेस चलाउने भएको छ। योसँगै अब दुईवटामात्र हुनेछन्। 

पछिल्लो समय बजेट एयरलाइन्सको बजार विस्तार हुँदै गएकाले टाटा समूहले एक्सप्रेसलाई प्रबर्द्धन गर्ने भएको छ। एयर इन्डिया एक्सप्रेसले  ७० जहाजबाट अहिले नै भारतको आन्तरिक र विदेशी गरी ४५ गन्तव्यमा उडान गरिरहेको छ। बोइङ ७२७ एस र एयरबस ए ३२० जहाज रहेको यो एयरलाइन्सलाई १७ एयर इन्डिया र १० भिस्ताराबाट ए ३२० नियो जहाज दिइनेछ। यसका साथै १५ बोइङ ७३७  म्याक् अर्डर गर्ने योजना बनाएको छ। 

यसले नेपालमा पनि उडानका लागि प्रयास गरिरहेको छ। अहिले भिस्ताराले पाएको स्लट एक्सप्रेसलाई दिन कम्पनीले माग गरिरहेको छ। तर नेपाल नागरिक उड्डयन प्राधिकरण भने तत्काल स्लट दिने पक्षमा छैन। 

भिस्ताराको उडान बन्द भएपछि नेपाल र भारतबीचमा उडान संख्या थप घट्ने छन्। 


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend