मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटन प्रवर्द्धन गर्न गोसाइँकुण्डमा योग शिविर र कुमारी नृत्य

बुधबार, कात्तिक २१ २०८१
पर्यटन प्रवर्द्धन गर्न गोसाइँकुण्डमा योग शिविर र कुमारी नृत्य

रसुवा- आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न गोसाइँकुण्डमा योग शिविर सम्पन्न भएको छ।

पर्यटनको लागि गोसाइँकुण्ड साधनाको तपोभूमि मानिने यो क्षेत्रमा न्यु भिजन नेपालले योग शिविर सम्पन्न गरेको हो। योगका साथै, गोसाइँकुण्डमा पूजा हवन योग कुमारी साथै मन्जुरी नृत्यसमेत प्रस्तुत भएको थियो।

gosaikunda 3.jpg

उक्त शिविरमा पूजा हवन, योग ध्यान र न्यु भिजन नेपालकी सचिव सवनम खड्गीले कुमारी नृत्य साथै मन्जु श्री नृत्य पनि प्रदर्शन गरेकी थिइन्।

न्यु भिजन नेपाल का अध्यक्ष अशोक शर्मा भट्टले याेग सिकाएका थिए। काठमाडौँ महानगर कार्यपालिका सदस्य मिना सुनार र  वडा न १८ वडाकी वडा सदस्य रचना शर्मा सहित १७ जना सहयोगी थिए।

पर्यटन बाेड, कुमारी बैंक, प्रभु बैंक, नेपाल बैंक, गोसाईंकुण्ड गाउँपालिका, अल नेपाल एक्क्रसन लगायतको सहकार्यमा यो शिविर सम्पन्न भएको हो।

गत महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोक पाँचपाेखरीमा सम्पन्न गरिएको कार्यक्रमको निरन्तरता साथै आउने दिनहरूमा पनि नयाँ योजना रहेको न्यु भिजनका अध्यक्ष भट्ट बताउँछन्।

gosaikunda 4.jpg

गोसाईंकुण्ड रसुवा जिल्लामा रहेको चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो। गोसाईंकुण्डलाई शिव कुण्ड पनि भन्ने गरिन्छ। समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित कुण्डमा दशहरा र जैन पूर्णिमा मेला लाग्ने गर्छ।

धार्मिक, जैविक, विविधता, ऐतिहासिक, पर्यटन र सांस्कृतिक महत्वसँगै गोसाईंकुण्ड क्षेत्रमा १०८ वटा कुण्ड रहेका छन्। यी कुण्डहरूमा गोसाईंकुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड र सुर्जे कुण्ड प्रख्यात छन्।

धार्मिक मान्यता अनुसार समुद्र मन्थन गर्दा उत्पन्न भएको कालकुट विषको असरबाट पृथ्वीलाई बचाउन भगवान शिवले विष पान गरे। विष पानबाट शिवलाई जलन र छटपटी भयो। यसलाई शान्त पार्न शिव गोसाईंकुण्ड पुगे र आफ्नो हातमा रहेको त्रिशूल पहाडमा गोब्दा निस्किएको जलले नुहाई शान्त भए भन्ने किम्बदन्ती छ।

gosaikunda 5.jpg

त्यही जलबाट बनेको कुण्ड र त्यहाँको मनोहर दृश्यबाट शिवलाई लोभ्यायो र गोसाईंकुण्डमा सयन गरे भन्ने धार्मिक मान्यता रहेको छ। त्यसै कारणले गोसाईंकुण्डमा स्नान गर्नाले जन्मान्तर देखिको पापबाट मुक्ति मिल्ने, मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ।

gosainkundai 8.jpg

 

gosaikiunda 6.jpg

gosaikunda 1.jpg

gosaikiunda 7.jpg


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend