सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लक्षित जनसंख्याको ६१.३ प्रतिशतले पूर्ण र ७९.८ प्रतिशतले लगाए पहिलो मात्रा खोप

कुल जनसंख्याको ४०.२ प्रतिशतले लाए पूर्ण मात्रा खोप, नेपालसँग अझै १ करोड २२ लाख खोप स्टकमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
लक्षित जनसंख्याको ६१.३ प्रतिशतले पूर्ण र ७९.८ प्रतिशतले लगाए पहिलो मात्रा खोप
तस्बिर : रासस

मन्त्रालयका अनुसार लक्षित जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि) १ करोड ९९ लाख २२ हजार १ सय ६४  रहेको मध्ये ६१.३ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेका छन। लक्षित  जनसंख्याको ७९.८ प्रतिशतले भने एक मात्रा खोप लगाइएको मन्त्रालको भनाइ छ।

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न देश, संघ संस्थाको सहयोग र खरिद गरी पुस माघ ३ गतेसम्म ४ करोड ०३ लाख ८८ हजार ४ सय ४०  डोज खोप नेपाल आइसकेको छ।

अहिलेसम्म २ करोड ८१ लाख ८ हजार ८ सय ६० मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ। जसमध्ये कम्तिमा १ डोज मात्रै लगाउनको संख्या १ करोड ५८ लाख ९५ हजार ८ सय २८ जना र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड २२ लाख १३ हजार  ३२ जना रहेका छन्।

मन्त्रालयका अनुसार लक्षित जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि) १ करोड ९९ लाख २२ हजार १ सय ६४  रहेको मध्ये ६१.३ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेका छन। लक्षित  जनसंख्याको ७९.८ प्रतिशतले भने एक मात्रा खोप लगाइएको मन्त्रालको भनाइ छ।

यसैगरी कुल जनसंख्यामा हिसाब गर्ने हो भने ४०.२ प्रतिशतले पूर्णमात्रा खोप र ५२.३ प्रतिशतले एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार अझै नेपालसँग १ लाख २२ लाख ७९ हजार  ९ सय ८० मात्रा खोप रहेको छ। नेपालले अहिले कोसिल्ड, फाइजर, भेरोसेल, मोर्डना र जोनसन एण्ड जोनसनको खोप लगाउँदै आएको छ।

अहिले सरकारले खोप अभियानलाई तिब्रता दिएको छ। मन्त्रालयका अनुसार अहिले दैनिक २ लाखभन्दा बढीले खोप लगाइरहेका छन्। सरकारले पनि माघ ३ गतेपछि सरकारी सेवा लिनेदेखि भिडभाड हुने क्षेत्रमा खोपकार्डलाई अनिवार्य गर्न लागेको छ। सरकारले अहिले दुबै मात्रा खो लगाएको ६ महिना पुरा भइसकेका लागि बुस्टर डोज खोप लगाउन सुरु गरेको छ।


प्रकाशित : मंगलबार, माघ ४ २०७८०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend