मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

थाई एयर एसियाको भैरहवा-बैंकक उडान सुरु, सातामा दुईपटक नियमित उडानको तालिका

आइतबार, कात्तिक १८ २०८१
थाई एयर एसियाको भैरहवा-बैंकक उडान सुरु, सातामा दुईपटक नियमित उडानको तालिका

थाई एयर एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए।

काठमाडौं- थाई एयर एसिया एयरलाइन्स बैंकक-भैरहवा-बैंकक उडान आजदेखि सुरु गरेको छ। आज आइतबार बिहान ६ः५५ बजे थाई एयर एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

'सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एयर एसियाको एयरबस ए-३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो', विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, 'अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ।'

थाई एयर एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए।

थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडौंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ। एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैंकक प्रस्थान गरिसकेको छ।


प्रकाशित : आइतबार, कात्तिक १८ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend