सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अब सुर्खेतबाट पनि डिजिटल राहदानी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
अब सुर्खेतबाट पनि डिजिटल राहदानी

काठमाडौं- जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरेका हुन्।

उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गर्दै सेवाकाे सुरु गरेका थिए। 

सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने रिजालको भनाइ छ। यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको उनको भनाइ थियो।

उनकाअनुसार १० दिनमा १ सय १८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको उनकाे भनाइ छ।

राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क  पाँच हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित : मंगलबार, माघ ४ २०७८०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend