बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ट्रम्पको सम्भावित उदय र संरक्षणवादले अमेरिकी चुनावप्रति विश्वभरका नीति निर्माताको चासो बढ्यो

शनिबार, कात्तिक १७ २०८१
ट्रम्पको सम्भावित उदय र संरक्षणवादले अमेरिकी चुनावप्रति विश्वभरका नीति निर्माताको चासो बढ्यो

अन्तरदेशीय भुक्तानी प्रणालीदेखि मुद्रासम्मको विकल्पमा ब्रिक्सले तयारी तीव्र पारेको छ। यही ब्रिक्सलाई बलियो बनाउनका लागि रुसको अग्रसरतामा चीन र भारतबीच सम्बन्ध सुधारको प्रयास पनि थालनी भएको छ।

काठमाडौं-  संसारकै ठूलो अर्थतन्त्रमात्र होइन विश्व व्यवस्थाको एकल बादशाह सयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचनका लागि अन्तिम मतदानको मिति नजिँदै गएको छ। अमेरिकी राष्ट्रपतिको निर्वाचनका बारेचमा चर्चा भएपनि यति धेरै चासो यसअघि सायदै भएको पछिल्लो समय आएका विभिन्न विश्लेषणमा उल्लेख गरिएको छ। 

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कलम ह्यारिसबीच हुने प्रतिस्पर्धामा  ट्रम्पको सम्भावित पुनरोदयलाई लिएर संसारभर चासो र चिन्ता व्यक्त भइरहेको छ। यसअघिका निर्वाचनमा आउने राष्ट्रपतिको नीति युद्ध तथा व्यवस्थासँगमात्र चसो हुन्थ्यो तर यो पालि भने अर्थतन्त्रले बढी चासो पाइरहेको छ। 

यदि ट्रम्पले फेरि जिते भने अहिलेको विश्व व्यापार र त्यही व्यापार नीतिले ड्राभइ गरेको वर्ल्डअर्डर के हुन्छ भन्ने प्रश्न उठेको छ। अमेरिकी ध्रुवमा रहेकै देशले पनि यसमा चिन्ता व्यक्त गरेका छन्। यदि ट्रम्प आएको अवस्थामा अहिले  नै कमजोर बनेको विश्वव्यापीकरण थप कमजोर हुने र अमेरिकी शक्तिको परिचालन आफ्नैदेशभित्र खुम्चिँदै जाने धेरैको चिन्ता रहेको छ। 

गत साता सम्पन्न विश्व बैंक समूहको बैठकका क्रममा भएका विभिन्न छलफलमा उद्योग तथा व्यापार नीतिमा ट्रम्पको पुन: उदयले पार्ने प्रभावका विषयमा प्रसस्त छलफल भएको थियो। चीनसँग कडा रुपमा प्रस्तुत भइरहेक अमेरिका ट्रम्पको विजय भएमा अमेरिका बाहेक अरु देशमा उत्पादन हुने सबै वस्तुमाथि थप कर लगाउने जोखिम बढेको छ। 

चीनसँगको व्यापारयुद्ध चरममा पुग्ने र त्यसले गर्दा संसारभर आपूर्ति श्रृखला र मूल्यवृद्धिको भार थपिने नीति निर्माताहरूको चासो र चिन्ता बढ्दै गएको छ। यसअघिको कार्याकालमा राष्ट्रपति हुँदा चीनसँगको व्यापार युद्ध सुरू गरेका ट्रम्पले झन संरक्षणवादी नीति लिने स्वभाविक छ। यदि अमेरिका नै संरक्षणवादतिर उन्मुख भएमा संसारका सबै ठूला देशले यही नीति लिनेछन्। 

यस्तो अवस्थामा क्षेत्रीय समीकरणको उदय भएर विश्वमा नयाँ ध्रुवीकरण बढ्ने उनीहरूको विश्लेषण छ। ट्रम्पको संरक्षणवादले सुरुमा अमेरिकालाई बलियो बनाएपनि अन्तत: विश्वव्यापी छवि र शक्ति भने क्षयीकरण हुँदै जाने उनीहरूको तर्क छ।

अहिले अमेरिकाले प्राय सबै क्षेत्रमा क्षेत्रीय समीकरणलाई आफ्नै पक्षमा राख्न सफल भएको छ। यसका पछाडि उ केही हदसम्म उदार भएर हो। यदि उसले कडा संरक्षणवादी नीति लिएमा देशहरू बाध्य भएर अमेरिका विरोधि ध्रुवमा जाने निश्चित छ। 

यही समयमा चीन तथा रुसको नेतृत्वमा ब्रिक्स थप मजवुत हुने जोखिम बढेको छ। अमेरिकी सैन्य गठबन्धन नेटोकै सदस्य राष्ट्र टर्कीसमेत यो गठबन्धनमा जान लालायित देखिएको छ।

अन्तरदेशीय भुक्तानी प्रणालीदेखि मुद्रासम्मको विकल्पमा ब्रिक्सले तयारी तीव्र पारेको छ। यही ब्रिक्सलाई बलियो बनाउनका लागि रुसको अग्रसरतामा चीन र भारतबीच सम्बन्ध सुधारको प्रयास पनि थालनी भएको छ। 

एकातिर अमेरिका संरक्षणवादमा जाने अर्कोतिर ब्रिक्सजस्ता समीकरण फैलिँदै जाने हुँदा अमेरिकी प्रभावका विरुद्ध चीनियाँ प्रभाव विस्तार हुँदै जोखिम बढेको छ। यो कारणले विश्वमा उदार लोकतान्त्रिक शक्तिमाथि थप चुनौती उत्पन्न हुने राजनीतिक विश्लेषणकहरूले बताउन थालेका छन्। 


प्रकाशित : शनिबार, कात्तिक १७ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend