मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आउँदो आइतबारदेखि थाई एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

काठमाडौंका लागि विन्टर उडान अनुमति पाएसँगै कारबाही फुकुवा

बिहीबार , कात्तिक १५ २०८१
आउँदो आइतबारदेखि थाई एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

थाई एयर एसियाले विन्टर सिजनको लागि उडान अनुमतिसमेत लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातमा चारवटा र भैरहवाबाट सातामा दुईवटा उडान गर्ने अनुमति लिएको हो।

काठमाडौं- थाई एयर एसियाले आउँदो आइतबारदेखि भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान सुरु गर्ने भएको छ। सातामा दुईवटा उडान गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो।

थाईले सातामा आइतबार र बुधबार बैंककबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेगरी अनुमति पाएको हो। योसँगै थाई एयर एसियाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि विन्टर उडान तालिकासमेत स्वीकृत भएको छ। थाई एयर एसियाले काठमाडौंमा भने सातामा चारवटा उडान गर्ने छ।

विन्टर उडान तालिकमा स्वीकृत नहुँदै गएको आइतबार नै थाई एयर एसियाले काठमाडौंमा उडान गरेको थियो। जसले थाई एयर एसियाको उडान अनुमति निलम्बन भएको थियो। उसको 'जीएसए' समेत निलम्बनमा परेको थियो। लगत्तै प्राधिकरणले जरिवानासमेत गराएको थियो।

अन्तत: भैरहवासमेत उडान गर्ने भएपछि उसको प्रतिबन्ध फुकुवा भएको छ। प्राधिकरणले उडान तालिका स्वीकृत गर्दैगर्दा १५ दिनभित्र उडान तालिकाअनुसार उडान नगरेमा स्वत: अनुमति खारेज हुनेसमेत जनाएको छ।

थाई एयर एसियाले विन्टर सिजनको लागि उडान अनुमतिसमेत लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातमा चारवटा र भैरहवाबाट सातामा दुईवटा उडान गर्ने अनुमति लिएको हो।


प्रकाशित : बिहीबार , कात्तिक १५ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend