मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टिकापुरमा ३८ वर्षपछि विमान उडान

सोमबार, कात्तिक १२ २०८१
टिकापुरमा ३८ वर्षपछि विमान उडान

आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको नाइनएन एबीयू र तारा एयरको नाइन एन एईभी नम्बरको विमान परीक्षण उडान गरिएको हो।

बाँके- कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ। टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।

आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको नाइनएन एबीयू र तारा एयरको नाइन एन एईभी नम्बरको विमान परीक्षण उडान गरिएको हो।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताए। उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ।

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए। तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल सुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो। 

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमानस्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ।

परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवालसहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend