मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९ महिनामा ६८ लाख ३८ हजारले गरे हवाई यात्रा, अहिलेसम्मकै धेरै

सोमबार, कात्तिक १२ २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९ महिनामा ६८ लाख ३८ हजारले गरे हवाई यात्रा, अहिलेसम्मकै धेरै

९ महिनामै काठमाडौंबाट बाहिरिने यात्रुक‌ो संख्या १६ लाख ३ हजार ४ सय ८० रहेको छ भने काठमाडौं आउने आन्तरिक हवाई यात्रुको संख्या १६ लाख ३ हजार ४ सय ८० रहेको छ।

काठमाडौं- कोभिड महामारीले सबैभन्दा बढी प्रभावित भएको नागरिक उड्डयन तथा पर्यटन क्षेत्र विस्तारै लयमा फर्कँदै छ। पर्यटकीय गतिविधि बढेसँगै नेपाल आवतजावत गर्ने पर्यटकको संख्या बढ्दो छ।

पर्यटको संख्या बढेसँगै हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बढिरहेको छ। अर्कातिर सडकको नाजुक अवस्था र बाढी पहिरोका कारण पनि हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दो छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार गत वर्षको भन्दा यो वर्षको वर्षातको समयमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या बढी छ। त्यसमा पनि दसैँनजिकै आएको बाढी तथा पहिरोका कारण सडक यात्रामा देखिएको समस्याका कारण आन्तरिक हवाई यात्रुको संख्या बढेको थियो। 

विमानस्थल कार्यालयका अनुसार सन् २०२४ को ९ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ६८ लाख ३८ हजार ५ सय ५१ जना यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। यो संख्या हालसम्मकै धेरै हो।

कार्यालयका अनुसार ३६ लाख ३० हजार ८ सय ५४ जनाले काठमाडौं विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा नेपालबाट विश्वका विभिन्न देश जाने यात्रुको संख्या १९ लाख २९ हजार १ सय ५९ रहेको छ।

यसैगरी विश्वका विभिन्न देशबाट काठमाडौं विमानस्थल हुँदै नेपाल आउने हवाई यात्रुको संख्या १७ लाख १ हजार ६ सय ९५ रहेको छ।

९ महिनाकै अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडानतर्फ २४ हजार ८ सय १ उडान/अवतरण भएका छन्। जसमा उडानतर्फ १२ हजार ३ सय ९८ र अवतरणतर्फ १२ हजार ४ सय ३ वटा रहेको छ।

विमानस्थल कार्यालयका अनुसार सन् २०२४ को ९ महिनामै आन्तरिकतर्फ ७२ हजार ६ सय ७७ वटा उडान तथा अवतरण भएका छन्।जसमा उडानतर्फ ३६ हजार ३ सय ४५ र अवतरणतर्फ ३६ हजार ३ सय ३२ रहेको छ।

९ महिनामै काठमाडौंबाट बाहिरिने यात्रुक‌ो संख्या १६ लाख ३ हजार ४ सय ८० रहेको छ भने काठमाडौं आउने आन्तरिक हवाई यात्रुको संख्या १६ लाख ३ हजार ४ सय ८० रहेको छ।

आन्तरिक र अन्तर्राष्ट्रियतर्फको महिनागत हवाई यात्रु 

महिनागत हवाई यात्रु.png


प्रकाशित : सोमबार, कात्तिक १२ २०८१०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend