मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अनुमतिबेगर काठमाडौं आएको थाई एयर एसियाको 'जीएसए' निलम्बित, रोकियो उडान अनुमति

आइतबार, कात्तिक ११ २०८१
अनुमतिबेगर काठमाडौं आएको थाई एयर एसियाको 'जीएसए' निलम्बित, रोकियो उडान अनुमति

समर उडान तालिकाअनुसार २६ अक्टोबरसम्म थाइ एयर एसियाको काठमाडौं उडान अवतरणमा अनुमति थियो। तर आजदेखि विन्टर तालिका लागु भएकोले थाई एयर एसियाको काठमाडौं उडानमा अनुमति थिएन।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले बिनाअनुमति काठमाडौं आएको थाई एयर एसियाको 'जीएसए' निलम्बन गरेर अर्को सूचना जारी नभएसम्मका लागि उडान अनुमति पनि स्थगित गर्ने निर्णय गरेको छ।  

आइतबार बिनाअनुमति काठमाडौं आएको थाई एयर एसियाको जहाजलाई अन्तत: नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवतरणको अनुमति दिएको थियो। लगत्तै प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि जीएसए निलम्बन गर्ने र उडान अनुमति खारेज गर्ने निर्णय गरेको हो। 

'थाई एयर एसियाको विमान नेपाली आकाशमा अनाधिकृत प्रवेश गरेको सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नभएसम्मको लागि जीएसए निलम्बन गर्ने निर्णय गरेको छ। साथै अर्को सूचना नभएसम्मका लागि नेपालमा हुने सबै उडानहरू स्थगित गर्ने निर्णय पनि गरेको छ' प्राधिकरणले जनाएको छ।

समर उडान तालिकाअनुसार २६ अक्टोबरसम्म थाइ एयर एसियाको काठमाडौं उडान अवतरणमा अनुमति थियो। तर आजदेखि विन्टर तालिका लागु भएकोले थाई एयर एसियाको काठमाडौं उडानमा अनुमति थिएन।

जहाज एक घण्टाभन्दा बढी समयसम्म आकाशमा होल्ड गरिएको थियो।

अनुमतिबेगर काठमाडौं आएको थाई एयर एसियाको जहाजलाई अवतरण दिइयो, जरिवाना गरेरमात्रै फर्काइने अनुमतिबेगर काठमाडौं आएको थाई एयर एसियाको जहाजलाई अवतरण दिइयो, जरिवाना गरेरमात्रै फर्काइने


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend