मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अनुमतिबेगर काठमाडौं आएको थाई एयर एसियाको जहाजलाई अवतरण दिइयो, जरिवाना गरेरमात्रै फर्काइने

आइतबार, कात्तिक ११ २०८१
अनुमतिबेगर काठमाडौं आएको थाई एयर एसियाको जहाजलाई अवतरण दिइयो, जरिवाना गरेरमात्रै फर्काइने

समर उडान तालिकाअनुसार २६ अक्टोबरसम्म थाइ एयर एसियाको काठमाडौं उडान अवतरणमा अनुमति थियो।

काठमाडौं- बिनाअनुमति काठमाडौं आएको थाई एयर एसियाको जहाजलाई अन्तत: नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अनुमति दिएको छ।

समर उडान तालिकाअनुसार २६ अक्टोबरसम्म थाइ एयर एसियाको काठमाडौं उडान अवतरणमा अनुमति थियो। तर आजदेखि विन्टर तालिका लागु भएकोले थाई एयर एसियाको काठमाडौं उडानमा अनुमति थिएन।

अनुमतिबेगर नेपाल आएको जहाजलाई अवतणमा अनुमति दिइएको र अब जरिवाना तिराएर फिर्ता गरिने कार्यलयका प्रमुख जगन्नाथ निरौलाले जनाकारी दिए।

जहाज एक घण्टाभन्दा बढी समयसम्म आकाशमा होल्ड गरिएको थियो।


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend