बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वाणिज्य बैंकहरूको खराब कर्जा १८.५ प्रतिशतले बढ्यो, तीन बैंकको ५ प्रतिशतभन्दा माथि

बुधबार, कात्तिक ७ २०८१
वाणिज्य बैंकहरूको खराब कर्जा १८.५ प्रतिशतले बढ्यो, तीन बैंकको ५ प्रतिशतभन्दा माथि

यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.४४ प्रतिशत कायम भएको छ। सिटिजन्स इन्टरने;ल बैंकको खराब कर्जा यस अवधिमा ५.४१ प्रतिशत रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा करिब १८.५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा ३.५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा औषतमा करिब ४.०५ प्रतिशत पुगेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स इन्टरनेसल बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा सर्वाधिक ५.८४ प्रतिशत पुगेको छ। गत वर्ष यस बैंकको खराब कर्जा ४.८३ प्रतिशत रहेको थियो। 

यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.४४ प्रतिशत कायम भएको छ। सिटिजन्स इन्टरने;ल बैंकको खराब कर्जा यस अवधिमा ५.४१ प्रतिशत रहेको छ। 

सिटिजन्सपश्चात हिमालयन बैंकको खराब कर्जा ४.९८ प्रतिशत, कुमारी बैंकको खराब कर्जा ४.९६ प्रतिशत, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको समान ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंक र एनआईसी एसिया बैंकको समान ४.२४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत रहेको छ। 

npl.jpg

यस्तै सानिमा बैंकको खराब कर्जा २.९४ प्रतिशत पुगेको छ। सिद्धार्थ बैंकको ३.९१ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६३ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.१५ प्रतिशत र सानिमा बैंक खराब कर्जा २.९४ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। यस अवधिमा यस बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ।

एभरेष्टपछि सबैभन्दा कम खराब कर्जा नेपाल एसबिआई बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकको रहेको छ। नेपाल एसबिआई बैंकको खराब कर्जा यस अवधिमा १.८४ प्रतिशत र स्टाण्डर्ड चार्टर्ड बैंकको १.९५ प्रतिशत कायम भएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend