शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, निर्माणमा जुट्नेहरूलाई गरियो सम्मान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ६ २०८१
सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, निर्माणमा जुट्नेहरूलाई गरियो सम्मान

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माणपश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा ल्याइएको हो।

सिन्धुली- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरूलाई सम्मान गरेका छन्।

गएको असोज १२ गतेको बाढीका कारण क्षतिग्रस्त बनेको पुल द्रुतगतिमा निर्माण गरि सवारी आवागमन सुरु गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले निर्माणमा खटिएकालाई सम्मान गरेका हुन्।

मंगलबार बिपी राजमार्गअन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले बिपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको पनि बताए। 

सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनालसहितको टोलीले सडक अनुगमन गरेको हो।

bridge sam.jpg

त्यसक्रममा उर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधी, राजनीतिक दलका नेता एवम् सरकारी अधिकारीहरुले मन्त्री दाहालको स्वागत गरेका थिए। 

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माणपश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा ल्याइएको हो।


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend