मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पुनहिल-घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ३ २०८१
पुनहिल-घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका अभिलेखमा उल्लेख छ।

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पुनहिल-घोडेपानीमा ६ महिनामा ११ हजार ६ सय ६ पर्यटकले भ्रमण गरेका छन्। यद्यपि यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ। 

उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए। यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन्।

पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताए। आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन्। पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताए। 

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी-उल्लेरी, छोम्रोङ-घान्द्रुक-टाडापानी, नागी-महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक ३ २०८११५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend