मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

भोजपुर- स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ। 

हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। 

महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म  २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ। 

कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिए। रासस


प्रकाशित : बुधबार, असोज ३० २०८१११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend