बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

विजयादशमीअघिको अन्तिम कारोबारमा हरियोमै पुगेर बन्द भयो नेप्से, दसैँपछिको बजारले लेला उचाइ?

images
बुधबार, असोज २३ २०८१
images
विजयादशमीअघिको अन्तिम कारोबारमा हरियोमै पुगेर बन्द भयो नेप्से, दसैँपछिको बजारले लेला उचाइ?
images
images

काठमाडौं- विजयादशमीअघिको अन्तिम सेयर कारोबार सामान्य उचाइतर्फ लागेको छ। गएको साता चार दिन भएको कारोबारमा समग्रमा ११०.७२ अंक र यो साता दुई कारोबारमा ९३.२२ अंकले उकालोतिर नै लागेको सेयर बजार तेस्रो कारोबारमा घटेको थियो। अन्तिम कारोबार भने सामान्य उचाइतर्फ लागेर बन्द भएको छ। 

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार ५६.०९ अंकले बढेको बजार सोमबार ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको थियो। मंगलबार भने २७.३९ अंकले घटेर बजार २६६३.३२ बिन्दुमा झरेको थियो।

images
images

बुधबार ४.८५ अंकले बढेर बजार २६६८.१७ बिन्दुमा पुगेको छ। १३० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। लगातार वृद्धिमा लागेर कीर्तिमानी बिन्दु पार हुने अपेक्षाबीच धरमर हुँदै ओरालोतिर देखिएको बजारमा अहिले केही दिनको वृद्धिबीच उतारचढावमा नै देखिन्छ। 

images
images

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ।कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू केही उत्साहित देखिन्छन्।  

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार निरन्तर उचाइतर्फ भने बढ्न सकेको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहेको छ। स्टपलसबाट बजार अघि बढेकाले अब विजयादशमीपछि गति लिने विश्लेषकहरूको तर्क छ।


प्रकाशित : बुधबार, असोज २३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend