शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

मनसुन बाहिरिने समय दसैँमा नै, केही स्थानमा दसैँमा पनि वर्षा हुनसक्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
images
मनसुन बाहिरिने समय दसैँमा नै, केही स्थानमा दसैँमा पनि वर्षा हुनसक्ने

'यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।'

images
images

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ।

images
images

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन्।

images
images

'यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ' उनले भनिन्, 'तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।'

images
images
images

अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ। 

आज कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


प्रकाशित : सोमबार, असोज २१ २०८११५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend