सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

परिसंघले अफगानिस्तानका लागि दियो मानवीय सहायता सामग्री 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
परिसंघले अफगानिस्तानका लागि दियो मानवीय सहायता सामग्री 

काठमाडौं- नेपाल उद्योग परिसंघले अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन्।

सहयोग सामग्री ग्रहण गर्नुहुँदै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए। ‘सरकारले निजी क्षेत्रलाई आव्हान गर्‍यो, तपाईंहरूले सहयोग जुटाइदिनुभयो,’ मन्त्री खड्काले भने, ‘यो क्रियाकलापले सरकार र निजी क्षेत्रको सहकार्य थप बलियो बनाएको छ।’

मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौति पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने बताए। 

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालको कुटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको उल्ललेख गरे। उनले सरकारको आव्हानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैं काम गरिरहेको पनि बताए। ‘हाम्रो छिमेकमा परेको अफ्ठ्यारो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्र मिलेर यो उदाहरणीय काम भएको छ,’ उनले भने। 

अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधी हस्तान्तरण गरेको छ। परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइनेछ। हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत सहयोग सामग्री काबुल पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेश अग्रवाल र नेपालका लागि सेसल्सका अवैतनिक दूत एवं परिसंघ प्रदेश नं २ का संयोजक नरेश दासको उपस्थिति थियो । 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend