बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

बाढीपहिरोमा परेर २ सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता, १ सय ७७ जना घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
images
images
बाढीपहिरोमा परेर २ सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता, १ सय ७७ जना घाइते
फाइल तस्बिर

यातायात सञ्चालन गर्न तथा क्षति पुगेका सडक मर्मतसम्भार गरी खुला गर्न सबै जिम्मेवार निकायमार्फत युद्धस्तरमा काम भइरहेको मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं- हालैको बाढीपहिरामा परी २ सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। १ सय ७७ जना घाइते भएका छन्।

images
images

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १ सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।

images
images

बाढीपहिरो तथा डुबानबाट देशभर अर्बौँको क्षति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाएको छ। २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ।

images
images
images

अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध रहेको छ। यातायात सञ्चालन गर्न तथा क्षति पुगेका सडक मर्मतसम्भार गरी खुला गर्न सबै जिम्मेवार निकायमार्फत युद्धस्तरमा काम भइरहेको मन्त्रालयले जनाएको छ।

क्षतिको विस्तृत विवरण संकलनको काम जारी नै रहेको र हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रूपैयाँ लाग्ने देखिएको मन्त्रालयले जनाएको छ। क्षति भएका सम्पूर्ण संरचना स्थायीरुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, असोज १८ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend