मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

श्री एयरलाइन्सले भोलिबाट काठमाडौं-भरतपुर उडान भर्ने

बिहीबार , असोज १७ २०८१
श्री एयरलाइन्सले भोलिबाट काठमाडौं-भरतपुर उडान भर्ने

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन। एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ।

चितवन- श्री एयरलाइन्सले भोलिदेखि काठमाडौं-भरतपुर-काठमाडौं रुटमा उडान भर्ने भएको छ। कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ। 

'शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ', कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, 'नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ।'

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन। एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ।

उनका अनुसार एकतर्फी भाडा चार हजार पाँचसय रूपैयाँ राखिएको छ।

अहिले भरतपुर-काठमाडौं-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौवटा उडान भर्दै आएको छ। रासस


प्रकाशित : बिहीबार , असोज १७ २०८११८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend