मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भद्रपुर-काठमाडौं उडान रित्तै, तथापि उडान कायमै : बुद्ध एयर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १७ २०८१
भद्रपुर-काठमाडौं उडान रित्तै, तथापि उडान कायमै : बुद्ध एयर

काठमाडौं- केहीदिन अगाडिको भारी वर्षा तथा पहिरोका कारण सडक सञ्जालमा निकै क्षति पुर्‍याएको छ। यसमा पूर्वी नेपाली छिटो जोड्ने बिपी हाइवे पनि अछुतो रहेन।

विभिन्न निकाय, एजेन्सी तथा समाचारहरुलाई स्रोत मान्दै आजदेखि बुद्ध एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ। यसले यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने बुद्ध एयरको विश्वास छ।

भद्रपुरदेखि काठमाडौं उडानको भाडादर ५ हजार रुपैयाँ रहेको छ। तथापि बुद्ध एयरको भद्रपुर-काठमाडौं दुई उडानमध्ये एउटा उडान खाली तथा अर्को उडानमा जम्माजम्मी १० जना यात्रु आएका छन्।  

यी सबका बाबजुद बुद्ध एयरले यस भद्रपुर तथा जनकपुर गन्तव्यमा बिहानको उडान थप गरेको छ। 

buddha.jpg

गत वर्षको जाडो मौसममा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेको तथ्य रहेको छ। जनकपुरको हुस्सु कुहिरो पनि चाँडै हट्ने हुँदा यी दुई स्थानमा उडान थपिएको छ। यी उडानहरु मौसम तथा अनुकूलतासँगै हरेक दिन थपिनेछ।


प्रकाशित : बिहीबार , असोज १७ २०८१११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend