बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

वैकल्पिक मार्ग खोलेर मन्थली-काठमाडौं आवागमन, पहिलेभन्दा ७४ किलोमिटर बढी पर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १७ २०८१
images
images
वैकल्पिक मार्ग खोलेर मन्थली-काठमाडौं आवागमन, पहिलेभन्दा ७४ किलोमिटर बढी पर्ने

रामेछापको मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट-मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ।

images
images

रामेछाप- मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौंसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ।

images
images

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो। पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो।

images
images

रामेछापको मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट-मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ।  

images
images
images

वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली-काठमाडौं आवागमन शनिबारदेखि अवरुद्ध  थियो।

सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ। यसअघि खुर्कोटको पुल निर्माण नहुँदा पनि रामेछापवासी यही बाटो भएर मन्थली-काठमाडौं आवतजावत गर्थे।

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली-काठमाडौंका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ। रासस


प्रकाशित : बिहीबार , असोज १७ २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend