मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रात्रिकालीन उडान हुने देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुला

बुधबार, असोज १६ २०८१
रात्रिकालीन उडान हुने देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुला

काठमाडौं- यात्रुको चाप बढेपछि रात्रिकालीन उडान हुने देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै उडान गर्न पाइने भएको छ।

आगामी असोज ३० गतेसम्म बाढि पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान साढे ४ बजेदेखि नै उडान गर्न पाउने व्यवस्था गरेको हो।

प्राधिकरणका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने सम्पूर्ण  विमानस्थलहरु बिहान साढे ४ बजेदेखि राति अपरेशन समय (आवश्यकताअनुसार थप हुने) सम्म नै सञ्चालनमा आउने व्यवस्था मिलाइएको हो।

अहिले दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेका छन्। साथै राजमार्गहरुमा बाढी र पहिरोका कारण अवरोध भएको र दसैँमा ठूलो संख्यामा यात्रुहरुले उपत्यका छाड्ने भएकोले बिहानैदेखि विमानस्थलबाट उडान गर्न अनुमति दिइएको हो। 


प्रकाशित : बुधबार, असोज १६ २०८११४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend