सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सन् २०२२ भित्र सबै स्थानीय तहमा फोरजी पुग्‍ने 

नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्नैपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
सन् २०२२ भित्र सबै स्थानीय तहमा फोरजी पुग्‍ने 

दूरसञ्चार कम्पनीहरू नाफा र लाभ हुने ठाउँमा मात्र नयाँ प्रविधिको विस्तार गर्ने तर बजार नभएका ठाउँमा ढिला गर्दै आएका छन्। 

काठमाडौं- सन् २०२२ भित्र नेपालका सबै स्थानीय तहमा फोरजी मोबाइल सेवा पुग्ने भएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले दुई ठूला सेवाप्रदायकलाई सन् २०२२ भित्रै सबै स्थानीय तहमा फोरजी कभरेज पुर्‍याउन निर्देशन दिएको छ। 

प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई सबै स्थानीय तहमा फोरजी सेवा पुर्‍याउनुपर्ने सर्त अतिरिक्त फ्रिक्वेन्सी दिँदा नै राखेको थियो। 

गत वर्ष बोलकबोलको माध्यमबाट प्राधिकरणले फ्रिक्वेन्सी वितरण गरेको थियो। यही फ्रिक्वेन्सी दिँदा नै प्राधिकरणले फोरजी सेवा सबै स्थानीय तहमा विस्तार गर्नुपर्ने सर्त राखेको थियो। यही सर्तका कारण सन् २०२२ भित्र सबै स्थानीय तहमा फोरजी पुग्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। 

'हामीले फ्रिक्वेन्सी दिँदा नै सेवा विस्तारको पनि सर्त राखेका छौं। त्यसमा उनीहरु सहमत भएरै सम्झौता गरेका छन्। व्यापारिक लाभमात्रै हेरेर हुँदैन भनेर हामीले यस्तो व्यवस्था गरेका हौँ' खनालले भने। 

दूरसञ्चार कम्पनीहरू नाफा र लाभ हुने ठाउँमा मात्र नयाँ प्रविधिको विस्तार गर्ने तर बजार नभएका ठाउँमा ढिला गर्दै आएका छन्। 

सबै सरकारी सेवालाई इन्टरनेट तथा कम्प्युटरको माध्यमबाट दिनेगरी डिजिटल नेपालको फ्रेमवर्कमा काम भइरहँदा सबैतिर द्रुत गतिको इन्टरनेट पुग्न सकेको छैन। 

इन्टरनेट सेवा विस्तारका लागि अरु पूर्वाधार तथा परियोजनासँगै मोबाइल सेवा पनि विस्तारलाई ध्यान दिनुपर्ने प्राधिकरणको राय छ। ग्रामिण क्षेत्रमा पनि सस्तो र तीव्र गतिको इन्टरनेट मोबाइलबाट सम्भव हुने प्राधिकरणको बुझाइ छ। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend