बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

झ्याप्लेखोला पहिरोमा भेटिएन थप सवारीसाधन, जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन आलोपालो गरी आउजाउ

images
बुधबार, असोज १६ २०८१
images
images
झ्याप्लेखोला पहिरोमा भेटिएन थप सवारीसाधन, जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन आलोपालो गरी आउजाउ

पहिरोमा एउटा कार पनि पुरिएको भन्ने आशंकामा पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारीसाधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

images
images

मलेखु- धादिङ र काठमाडौंको सिमानानजिकै धुनीबेँसी नगरपालिका-९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ।

images
images

तीनवटा सवारीसाधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो।

images
images

झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो।

images
images
images

दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारीसाधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ।

सवारीसाधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनलाई आलोपालो गरी आउजाउ गराइएको छ।

निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend