शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

धितोपत्र बोर्डले धमाधम हकप्रदको अनुमति दिँदै, कुन कम्पनीको कति प्रतिशत?

images
बुधबार, असोज १६ २०८१
images
धितोपत्र बोर्डले धमाधम हकप्रदको अनुमति दिँदै, कुन कम्पनीको कति प्रतिशत?
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले सोमबारमात्रै दुई इन्स्योरेन्स कम्पनीको हकप्रद जारी गर्न अनुमति दिएको छ। नेपाल इन्स्योरेन्स कर्पोरेसनका लागि १ः०.८८ प्रतिशतका दरले २ करोड ३४ लाख ८८ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको छ।

images
images
images

जुन २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद जारी हुने छ। त्यस्तै सोमबार नै बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीको लागि १०ः६.२५८ प्रतिशतका दरले हकप्रद जारी गर्न अनुमति दिएको छ। ९६ लाख ३१ हजार २ सय २० कित्ता सेयर जारी हुने छ। हकप्रद जारी गर्ने तयारीमा रहेका अन्य कम्पनीले पनि अनुमति पाउँदै छन्।

images
images

मंगलबार सेयर बजारमा पनि १ सय १४ अंकको वृद्धि भएको छ। लामो समयदेखि घटेको सेयर बजारमा हकप्रदको अनुमति पाउने चर्चाका कारण पनि सस्तो मूल्यका आइसकेको सेयर खरिदमा लगानीकर्ता आकर्षित भएका देखिन्छन्।  

images
images

सोमबारबाट हकप्रद सुरु गरे पनि अझै दर्जनौँ कम्पनीहरु अनुमतिको पर्खाइमा रहेका छन्। बोर्डमा हकप्रदको आवेदन दिएका अझै २१ कम्पनीहरु पाइपलाइनमा छन्। जसमा १६ करोड ४० लाख ७६ हजार कित्ता हकप्रद सेयर जारीको तयारी छ। जुन १६ अर्ब ४० करोड ७६ लाख रुपैयाँ बराबार हो। 

तनहुँ पावरले १ः१ प्रतिशत बराबरको ४ लाख कित्ता, त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको १ः०.४२ प्रतिशत बराबर १ करोड ४२ लाख कित्ता, त्यस्तै प्रभु इन्स्योरेन्सको १ः०.५० प्रतिशत बराबरको ८ लाख ३५ हजार कित्ता हकप्रदको तयारीमा रहेका छन्।

त्यस्तैगरी पिपुल्स पावरको १ः०.५ प्रतिशत बराबारको ३ लाख १६ हजार ३० हजार कित्ता, दोर्दी पावरको १ः१ प्रतिशत बराबरको १० लाख ५४ हजार कित्ता, त्यस्तै राप्ती हाइड्रोको १ः१ प्रतिशत बराबार ६ लाख १२ हजार कित्ता, त्यस्तै रिभर फल्स पावरको १ः१ प्रतिशत बराबर ७ लाख कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ः०.२७ प्रतिशत बराबारको १ करोड ६ लाख ९६ हजार कित्ता, शिव श्री हाइड्रोपावरको १ः१ प्रतिशत बराबरको १ करोड ४७ लाख कित्ता, नेपाल इन्स्योरन्स कम्पनी १०ः४ प्रतिशत बराबारको ६५ लाख ७६ हजार कित्ता, त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको १ः०.१५ प्रतिशत बराबारको ३१ लाख ५० हजार कित्ता हकप्रदको लागि आवेदन दिएर अनुमतिको अन्तिम तयारीमा रहेका छन्। 

जोशी हाइड्रोपावरले पनि १ः०.६५ प्रतिशतका दरले २४ लाख १४ हजार कित्ता हकप्रद दिने तयारी गरेको छ। त्यस्तै प्रभु महालक्ष्मी इन्स्योरेन्सले पनि १ः०.१७ प्रतिशतका दरले ७३ लाख ३ हजार २ सय कित्ता, नेको इन्स्योरेन्सले १ः०.२५ प्रतिशतकादरले ५० लाख ३ हजार कित्ता हकप्रद दिनका लागि आवेदन दिएको छ।

खानी खोला हाइड्रोपावरले १ः१ प्रतिशतका दरले ४ लाख ६५ हजार कित्ता हकप्रद सेयरका लागि आवेदन दिएको छ। त्यस्तै छ्याङदी हाइड्रोपावरले  १ः१ प्रतिशतका दरले ३ लाख ८६ हजार कित्ता, त्यस्तै न्यादी ग्रुप पावरले पनि १ः१ प्रतिशतका दरले १८ लाख ५१ हजार कित्ता हकप्रदका लागि आवेदन दिएर स्वीकृतिको अन्तिम तयारीमा रहेको छ।

त्यस्तै लिवर्टी इनर्जीले १ः०.५ प्रतिशतका दरले ७५ लाख कित्ता, बरुण हाइड्रो पावरले १ः१ प्रतिशतका दरले ५३ लाख ५८ हजार कित्ता र बलेफी हाइड्रो पावरले १ः१ प्रतिशतका दरले १ करोड ८२ लाख कित्ता हकप्रद दिनेगरी धितोपत्र बोर्डमा आवेदन दिएको छ।

अधिकांश कम्पनीले गतवर्ष नै आवेदन दिएकाले चालु वर्षभित्रै अनुमति पाउने निश्चित छ। धितोपत्र बोर्डमा नेतृत्व नहुँदा अनुमतिको प्रक्रियामा ढिलाइ हुँदै आएको छ। 


प्रकाशित : बुधबार, असोज १६ २०८१०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend