शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

बाढी र पहिरोले सडक र पुलतर्फ २ अर्ब ५२ करोडको क्षति, २१ किलोमिटर सडक क्षतविक्षत

सोमबार, असोज १४ २०८१
बाढी र पहिरोले सडक र पुलतर्फ २ अर्ब ५२ करोडको क्षति, २१ किलोमिटर सडक क्षतविक्षत

बिपि राजगर्माको धुलिखेल सिन्धुली बर्दिवास खन्डको भकुन्डेबेसी तर्फको २१ किलोमिटर सडक खोलिएको छ। त्यस्तै थोकखन्ड र बर्दिवासतर्फको पनि सडक खुला गरिएको छ।

काठमाडौं- बाढी पहिरोका कारण सडक र पुलतर्फ २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान निकालिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार २१.५ किलोमिटर सडकमा क्षति पुगेको छ। 

जसमा १ अर्ब ५० करोड ५० लाख रुपैयाँ बरारबरको क्षति भएको आँकलन गरिएको छ। यसैगरी बेलिब्रिजतर्फ दुईसय मिटरमा क्षति भएको छ। जसमा २० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ। त्यस्तै ४१० मिटर मोटर पुलमा क्षति भएको छ। जसमा ८२ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ। 

मन्त्रलयका अनुसार यातायात अवरुद्ध भएका राजमार्ग १४ वटा रहेका छन्। जसमध्ये ४२ स्थानमा अवरोध धएको छ। अवरुद्ध भएका राजमार्गहरुमा अरनिको, बिपि, कान्ति, पुष्पलाल, मेची, मदन भन्डारी र कालिगण्डकी करिडोर रहेको छ। 

त्यस्तै हालसम्म क्षति भएका पुलहरुको संख्या ५ वटा रहेको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिंगटार पुल रहेको छ। त्यस्तै अरनिको राजमार्गको लिपिंग पुल र इलाम माइपोखरी सडकको राते खोला पुलमा क्षति पुगेको छ। यस्तैगरी २ वटा बेलिब्रिजमा समेत क्षति भएको छ। लार्चा र हेवा खोलाको बेलिब्रिजमा क्षति पुगेको मन्त्रालयको जनाएको छ। 

मन्त्रालयका अनुसार क्षति भएको पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खन्डको विभिन्न स्थानमा क्षति भएको र अहिले एकतर्फी संचालनमा ल्याउन सफल भएको जनाएको छ। 

त्यस्तै त्रिभुवन राजपथका विभन्न खन्डमा अवरोध खुलाइ यातायात संचालन भएको छ। त्यस्तै गल्छी-त्रिशुली-बेत्रावती-धुन्चे-स्याप्रुवेसी-रसुवागढीमा समेत मर्मतपछि सञ्चालनमा आएको छ। 

बिपि राजगर्माको धुलिखेल सिन्धुली बर्दिवास खन्डको भकुन्डेबेसी तर्फको २१ किलोमिटर सडक खोलिएको छ। त्यस्तै थोकखन्ड र बर्दिवासतर्फको पनि सडक खुला गरिएको छ।

त्यस्तै भकुन्डे नेपाल थोक खन्ड नयाँ ट्रयाक खोल्नु पर्ने हुँदा अझै केही समय लाग्ने भएको छ। कान्ति लोकपथ (हेटौडा-काठमाडौं) ठिंगन खन्डको ४० किलोमिटर मा यातायात सञ्चालन भइसकेको छ। मन्त्रालयका अनुसार वगुवा पुल दाया एप्रोच सडक क्षतिग्रस भएकोले ठिंगन-वागमतीखन्ड १ किमी मा उपकरणहरु परिचालन गरी काम भइरहेको जनाएको छ। 

छपेली-बालुवावासम्म ६ किमिमा काम भइरहेको छ। त्यस्तै छपेली-टीका भैरव खन्डको २२ किलोमिटरसम्म मल्ल होटलनजिकै भएकोले काम भइरहेको जनाएको छ। त्यस्तै अरनिको राजमार्गको १०८ किलोमिटरको लार्चा पुलसम्म यातायात सञ्चालन भएको अवस्थामा रहको छ। 

खाग्डोल पुलमा बेलिब्रिजको काम भइरहेको र लार्चादेखि लिपंनसम्म थप २ वटा पुलहरु लिपिंन पुल र लार्चा बेलिब्रिज बगाएकोले निर्माणको काम भइरहेको छ। गल्छी-त्रिशुली-बेत्रावती-धुन्चे-स्याप्रुबेँसी-रसुवागढीको विभिन्न खन्डको अवरोध खुलाइसकिएको जनाइएको छ। 


प्रकाशित : सोमबार, असोज १४ २०८११९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend