शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेप्सेमा देखियो उचाइतर्फको साथ, ४४ अंकले बढेको बजारमा ३ अर्ब ७१ करोडको कारोबार

images
सोमबार, असोज १४ २०८१
images
नेप्सेमा देखियो उचाइतर्फको साथ, ४४ अंकले बढेको बजारमा ३ अर्ब ७१ करोडको कारोबार
images
images

काठमाडौं- गएको साता उतारचढावपूर्ण अवस्थामा समग्रमा ९० अंकले ओरालोतिर लागेर यो साता पहिलो कारोबारमा आइतबार २२.३६ अंकले घटेको सेयर बजार सोमबार भने उकालोतिर लागेको छ। कमजोर कारोबार देखिइरहँदा बजारले लगानीकर्तालाई केही राहत दिएको छ।

images
images
images

साताको दोस्रो कारोबारमा सोमबार ४४.४५ अंकले बढेर बजार २५०८.८६ बिन्दुमा पुगेको छ। २१० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता आइतबार ११.५८ अंकले बढेर सोमबार ५९.०२ र मंगलबार ५८.९३ अंकले घटेको बजार बुधबार ४९.१८ अंकले बढेको थियो। तर बिहीबार पुन: ३२.८१ अंकले बजार ओरालोतिर नै लागेको थियो।  

images
images

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेपनि त्यसअनुरुप बजार देखिन सकेको छैन। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका थिए। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन।

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। सोमबार देखिएको वृद्धिले पनि लगानीकर्ता विश्वस्त देखिँदैनन्। कमजोर भइरहेको कारोबार रकम हेर्दा अब चाडबाडको समयमा बजारको उचाइ कठिन देखिन्छ। यो साताको बाँकी दुई  दिनको कारोबार र आउने साता चार दिनको कारोबारले दसैँपछिको बजारको संकेत दिनेछ। 


प्रकाशित : सोमबार, असोज १४ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend