सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक दिनमै ३ लाख ५६ हजारले लगाए कोरोनाविरूद्धको खोप

बिहीबार , पुस २९ २०७८
एक दिनमै ३ लाख ५६ हजारले लगाए कोरोनाविरूद्धको खोप
तस्बिर : रासस

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर ३ लाख ५६ हजार जनाले कोरोनाविरूद्धको खोप लगाएका छन्। 

सरकारले माघ ३ गतेबाट  सरकारी कार्यालयबाट सेवा लिनदेखि जहाज चढ्नसम्मका लागि खोप कार्ड अनिवार्य गर्दै छ। जसका कारण खोप लगाउनको संख्या बढेको छ। 

योसँगै नेपालमा कम्तिमा एक मात्रा खोप लगाउनेको संख्या १ करोड ५४ लाख ६४ हजार ३ सय ३५  जना भएका छन्। यसैगरी पूर्ण मात्रामा खोप लगाउनको संख्या १ करोड १६ लाख ९१ हजार ३ सय ९३ जना पुगेका छन्।

अहिलेसम्म नेपालले २ करोड ७१ लाख ५५ हजार ७ सय २८ मात्रा खोप प्रयोगमा ल्याएको छ। नेपालमा अहिलेसम्म  ३ करोड ९२ लाख ३ हजार ९ सय २७ मात्रा खोप आइसेको छ। 

अहिलेसम्म नेपालको कुल जनसंख्याको ३८.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ५०.९ प्रतिशतले एक मात्रा खोप लगाइसेका छन्।


प्रकाशित : बिहीबार , पुस २९ २०७८१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend