बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
images
images
पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

प्रहरीले काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

images
images

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ कौरास्थित भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने बाटो बन्द भएको छ। वर्षासँगै आएको पहिरोले  आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो। 

images
images

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

प्रहरीले काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

images
images
images

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन। बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो। सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

हेटौँडाबाट काठमाडौंतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली खण्ड तथा पूर्व-पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन्। रासस


प्रकाशित : शुक्रबार, असोज ११ २०८१११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend