शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

रेमिट्यान्समा वृद्धि र आयातमा गिरावटले शोधनान्तर स्थिति ४० अर्बले बचतमा, १३.५ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

images
बिहीबार , असोज १० २०८१
images
रेमिट्यान्समा वृद्धि र आयातमा गिरावटले शोधनान्तर स्थिति ४० अर्बले बचतमा, १३.५ महिनाको आयात धान्न पर्याप्त सञ्चिति
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा चालु खाता बचतमा रहेको छ।

images
images
images

गत वर्षको यसै अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो भने शोधनान्तर स्थितिमा ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो। 

images
images

साउनमा करिब १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको र आयात १ खर्ब २८ अर्बमात्रै भएकाले सरकारको बाह्य क्षेत्रमा उल्लेखीय सुधार देखिएको हो।

images
images

समीक्षा अवधिमा वस्तु आयात ०.६ प्रतिशत र निर्यात ९.६ प्रतिशतले घटेको छ। शोधनान्तर स्थिति गत वर्षदेखि निरन्तररुपमा बचतमा रहेकाले चालु आर्थिक वर्षको साउनमा विदेशी मुद्राको सञ्चिति १५ अर्ब ५८ करोड डलरले बचतमा रहेको छ।

उक्त सञ्चितिले १३.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। उक्त सञ्चितिले १६.७ महिनाको वस्तुको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १० २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend